२० बैशाख २०८१, बिहिबार

माधव नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्दै


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि बेलुकी ५ बजे नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसका सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्‍न लागेको हो । नेता नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !