२२ बैशाख २०८१, शनिबार

जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर


सर्वोच्च अदालत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीचको एकतापछि बनेको जसपा खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका हुन् ।

थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रलेले दायर गरेको रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ । रिटमा निर्वाचन आयोग र जसपालाई विपक्षी बनाइएको छ ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि अन्तरिम आदेश पनि माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !