२३ बैशाख २०८१, आइतबार

शंकरपछि रघुजी पन्त बैठक कक्षबाट बाहिरिए, माधव नेपाललाई कुन पद दिने ?


एमाले कार्यदल बैठक फाइल फोटो

एमाले कार्यदलको सिंहदरबारमा जारी बैठकबाट शंकर पोखरेलपछि रघुजी पन्त पनि बाहिरिएका छन् । जारी बैठकमा अरू कार्यदलका सदस्यहरूबीच भने छलफल भइरहेको बैठकबाट बाहिरिएका नेता पन्तले जानकारी दिए ।

उनले आजको बैठकमा एकताका लागि तयार पारिएकाे मस्यौदामा कार्यदलका सदस्यहरूले आफ्नो विचार राखेको बताए । उनका अनुसार सो मस्यौदालाई आजै पूर्णता दिने तयारी गरिएको छ ।

“एकताका लागि तयार पारिएको मस्यौदामा छलफल भयो । हामीलाई लागेका कुराहरू राख्यौँ । हाम्रा सुझावलाई समेटेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णता दिइने तयारी भएको छ । बैठक चलिरहेको छ, फाइनल रूप दिने प्रयास भइरहेको छ,” उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !