२४ बैशाख २०८१, सोमबार

शंकर पोखरेल भन्छन्, “पार्टी एकता बेलुकासम्म टुंग्याउँछौं”


शङ्कर पोखरेल

काठमाडौं । एमाले कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । आज मध्याह्न १२ बजेदेखि जारी बैठकमा सहमतिको प्रयास भइरहेको कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिए ।

बैठकबाट बाहिरिएका पोखरेलले सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै आफूहरू सहमतिका लागि अधिकतम प्रयास गरिरहेको बताए । उनले भने,“हामी अधिकतम प्रयास गरिरहेका छौँ । सम्भवतः आजै टुङ्याउँछौँ।”

कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक रहेको बताइरहेका छन् । तर बिहीबार कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए ।

बिहीबारको बैठकपछि भने बरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता घनश्याम भूसालले वार्तामा १० दिनदेखि कुनै प्रगति नभएको बताएका थिए । उनी नेपालका तर्फबाट कार्यदल सदस्य हुन् ।

नेपाल समूहले भने २३ फागुन यताको सबै निर्णय खारेजको प्रस्ताव गरेको छ । अध्यक्ष ओलीले २८ फागुन यता माधव नेपाल समूहका नेताहरुलाई भूमिका विहीन बनाउनेगरी संगठन निर्माण र दशौं महाधिवेशनसम्मका निम्ति महत्वपूर्ण निर्णय गरेका छन् । नेपाल समूहले ओली पक्षले गरेका सवै निर्णय खारेज हुनुपर्ने र आफ्नो तर्फबाट भएको निर्णयहरु पनि खारेज हुने अडान लिएको छ ।

केन्द्रीय कमिटीमा सन्तुलन गर्ने नेपाल समूहले अर्को अडान छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्दा थपिएका ३८ केन्द्रीय सदस्य एक्लौटी गरिएको थियो ।

तेस्रो अडान हो, सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता नलिने । अध्यक्ष ओलीले भने हस्ताक्षर फिर्ताको अडान अझै छोडेका छैनन् । बुधबार साँझ बरिष्ठ नेता नेपालसँग ‘वान अन वान’ वार्तामा पनि ओलीले यो अडान राखेका थिए ।

तर फरक परिस्थितिमा हस्ताक्षर गरिएको र त्यसको उद्देश्य संसद् बचाउनु भएकाले फिर्ता नहुने नेपाल समूहको अडान छ । एमालेको एकता गर्दा यो विषयमा मौन रहनुपर्ने नेपाल पक्षको मत छ ।

पछिल्लो समय एमाले कार्यदलको पटक-पटक बैठक बस्दै आए पनि कुनै खालको सहमति हुन सकेको छैन। पटक-पटक बैठक बसेपनि सहमति जुट्न नसकेपछि अब एमाले फुट्न सक्ने स्रोतले बतायो।

स्रोतका अनुसार सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठक मूल विषयमा प्रवेश नै नगरी सम्पन्न भएको हो । बिहिबार विहान बसेको कार्यदलको बैठकले अहिले बसेको बैठकले सहमतिको खाका तयार पार्ने बताईएको थियो ।

आजको बैठकमा मूल विषयमा नै प्रवेश नगरिएको नेताहरुको प्रतिक्रिया छ । वार्ता तथा छलफलमा कुनै प्रगति नभएको भन्दै माधव नेपाल पक्षका सदस्य घनश्याम भुषालले निराशा व्यक्त गरे । पछिल्लो दश दिनसम्म कुनैपनि प्रगति नभएको भुषालको भनाई थियो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै कार्यदलका सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले भने, ‘विहान जे थियो, त्यही नै छ ।’

उनले अघि भने, ‘अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डाहरु तय गरेका थियौं । गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं ।’

नेताहरुले त साँझ सहमति जुट्छ भनेका थिए नि भन्ने प्रश्नमा भुसालले भने, ‘अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डा तय गरेका थियौं । १० दिनदेखि विभिन्न कारणले हामीले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं ।’

तर, अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता सुवास नेम्वाङले भने वार्ता सकारात्मक भएको दाबी गरे । र, भोलि बस्ने बैठकले सबै कुरा टुँगो लगाउने विश्वास दिलाए । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् । उता, नेपाल पक्षबाट भने भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !