२२ बैशाख २०८१, शनिबार

एमाले कार्यदलको बैठक बिना निश्कर्ष सम्पन्न


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सम्पन्न भएको छ । स्रोतका अनुसार सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठक मूल विषयमा प्रवेश नै नगरी सम्पन्न भएको हो । आज विहान बसेको कार्यदलको बैठकले अहिले बसेको बैठकले सहमतिको खाका तयार पार्ने बताईएको थियो ।

आजको बैठकमा मूल विषयमा नै प्रवेश नगरिएको नेताहरुको प्रतिक्रिया छ । वार्ता तथा छलफलमा कुनै प्रगति नभएको भन्दै माधव नेपाल पक्षका एक सदस्यले निराशा व्यक्त गरे । पछिल्लो दश दिनसम्म कुनैपनि प्रगति नभएको भुषालको भनाई थियो ।

तर, अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता सुवास नेम्वाङले भने वार्ता सकारात्मक भएको दाबी गरे । र, भोलि बस्ने बैठकले सबै कुरा टुँगो लगाउने विश्वास दिलाए । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् । उता, नेपाल पक्षबाट भने भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !