२३ बैशाख २०८१, आइतबार

ओली-माधव पक्षको छुट्टाछुट्टै बैठक


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेका दुवै पक्ष छुट्टाछुटै छलफलमा जुटेका छन् । आन्तरिक गृहकार्य नपुगेको भन्दै अपरान्ह ११ बजेको बसेको बैठक स्थगित गरिएको थियो । त्यसलगत्तै दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।

बरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने अध्यक्ष केपी ओली पक्षका सदस्यहरु प्रधानमन्त्री कार्यालयमा छलफलमा बसेका छन् ।

आज साँझ ७ बजे पुनः कार्यदल बैठक बस्ने तयारी छ । आजै सहमति जुटाउने र ओली–माधवको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्ने प्रयासमा एमालेका दोस्रो तहमा नेताहरु सक्रिय छन् ।

नेकपा एमालेको कार्यदलको बैठक आजै साँझ ७ बजे पूनः बस्नेगरि सम्पन्न भएको हो । स्रोतका अनुसार आजै साँझ ७ बजे बस्ने बैठकले सबै कुरा टुँगो लगाउने छ ।

पार्टीभित्रका सबै विवाद समाधानको लागि थप गृहकार्य गर्नुपर्ने भएकाले साँझ बस्ने बैठकले टुँगो लगाउने भएको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !