१८ बैशाख २०८१, मंगलबार

एमाले कार्यदल बैठकपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया


रामकुमारी झाक्री File Photo

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त भएको दावी गरेकी छन्। नेतृ झाँक्रीले आफूहरुले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेको बताएकी छन्।

उनले अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी भएको र त्यसकारण कुनै पनि जालझेलमा पर्न नहुने दावी गरेकी छन् ।

नेतृ झाँक्रीले केपी शर्मा ओलीको कुनै जालझेलमा पर्न नहुने बताएकी छन्। पछिल्लो समय एमाले विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भइरहेको समयमा उनले ओलीले जस्तो सुकै पनि जालझेल बुन्न सक्ने दावी गरेकी छन्।

उनले समाजिक संजालमा लेखेकी छन्, “लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न।झुक्किनु हुदैन।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !