२३ बैशाख २०८१, आइतबार

सिंहदरबारमा एमाले कार्यदलको बैठक


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा सुरु भएको छ । पार्टीभित्रको विवाद समाधानको लागि कार्यदल सक्रिय भएको छ ।

पछिल्लो समय पार्टी एकता कायम गर्नको लागि दुवै पक्ष गम्भीर भएर वार्ता तथा छलफलमा जुटेका छन् । तर, दुवै पक्षको अडान कायमै रहेकोले सहमति भने हुन सकेको छैन् । अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि भनेको छ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ ।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । उता, नेपाल पक्षबाट भने भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, रघुजी पन्त र गोकर्ण विष्ट छन् । तर, आजको बैठकमा नेपाल पक्षबाट भीम आचार्य पनि सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !