२४ बैशाख २०८१, सोमबार

पूर्वमन्त्री एवं एमाले नेता प्रभु शाहविरुद्ध प्रहरीमा उजुरी


प्रभु साह

काठमाडौं । माओबादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ । स्रोतका अनुसार विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो ।

स्रोतका अनुसार ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको छ । प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिएकी हुन् । सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ ।

तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन । साहविरुद्ध प्रहरीमा उजुरीसमेत परेको छ । स्रोतका अनुसार क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाई ठगी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

विशेष स्रोतका अनुसार काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीले उजुरी दिएकी हुन् । उनका छोरालाई साहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको भन्दै महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी परेको हो ।

मन्त्री भएपनि मन्त्रालयमै गएर ती महिलाले पैसा माग्दै झगडा गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !