२० बैशाख २०८१, बिहिबार

पुर्वमन्त्री प्रभु साहविरुद्ध ठगीको आरोपमा महिलाले दिइन् प्रहरीमा उजुरी


प्रभु साह

काठमाडौं । पुर्वमाओबादी केन्द्रका नेता तथा पुर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । स्रोतका अनुसार क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाई ठगी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

विशेष स्रोतका अनुसार काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीले उजुरी दिएकी हुन् । उनका छोरालाई साहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको भन्दै महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी परेको हो ।

मन्त्री भएपनि मन्त्रालयमै गएर ती महिलाले पैसा माग्दै झगडा गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !