१४ बैशाख २०८१, शुक्रबार

हिन्दू राष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक : कमल थापा


कमल थापा फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक भएको बताएका छन् । अध्यक्ष थापाले पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज/राष्ट्र चलेको छ भन्दा गौरव गरेको दावी गरेका छन्।

हामी भने हाम्रो परिवार,समाज/राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गरेको अध्यक्ष थापाले बताएका छन् । यो हिनताबाट मुक्त हौँ भन्दै अध्यक्ष थापाले आग्रह गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक छ।पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज/राष्ट्र चलेको छ भन्दा गौरव गर्छन्।हामी भने हाम्रो परिवार,समाज/राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं।यो हिनताबाट मुक्त हौँ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !