१८ बैशाख २०८१, मंगलबार

पार्टीको बुधबारको निर्णयमाथि रामकुमारी झाँक्रीले गरिन् यस्तो टिप्पणी


रामकुमारी झाक्री File Photo

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको बुधबारको निर्णयलाई फागुन २८ को निरन्तरता भनेकी छन् । समाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले बुधबारको निर्णयबाट कोही भ्रममा नपर्नसमेत सचेत गराएकी छन् ।

“पुरानै प्रोडक्टमा नयाँ र्‍यापर मात्र लगाएको हो । कस्टोमर झुक्किनु पर्ने नै छैन। भ्रममा नपरौँ, आजको ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।”, उनले भनेकी छन् ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग पार्टी बनाइदिएसँगै ओलीले फागुन २८ गते आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएका थिए । सोही बैठकबाट ओलीले आफुखुसी केन्द्रीय कमिटी विस्तार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !