२० बैशाख २०८१, बिहिबार

प्रदेश २ को बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते बस्ने


प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

धनुषा । प्रदेश नं २ को आज बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थगन भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो ।

यही असार १ गते प्रदेशसभामा प्रस्तुत आगामी आव २०७८/७९ को बजेटमाथि छलफल गर्ने गरी आजको बैठक आह्वान गरिए पनि बस्दै नबसी स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाको अर्को बैठक असार २३ गते बस्ने छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गर्नुभएको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगन गरिएको थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनु पर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि आजका लागि बैठक आह्वान गरिएको थियो । संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेशसभा बैठक सारिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !