९ जेष्ठ २०८१, बुधबार

ओलीले पराजित मानसिकताले पदीय दायित्वको सीमा उल्लङ्घन गरे : भिम रावल


भीम रावल

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेवाट निस्काशित नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको पराजित मानसिकताले पदीय दायित्वको सीमा उल्लङ्घन गरेर हिजो आक्रोशपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले जिम्मेवार पद र स्थानमा रहेको व्यक्तिका सार्वजनिक अभिव्यक्तिमा शब्द, वाक्य र शैली पदीय र सामाजिक दायित्व तथा मर्यादा अनुरूप हुनुपर्ने सर्वमान्य कुरा पनि ओलीमा नभएको टिप्पणी गरेका छन् ।

उनले यस्तो सीमा उल्लङ्घन गर्दै प्रधानमन्त्री ओलीले हिजो असार १४ गते आक्रोशपूर्ण रूपमा किन प्रस्तुत भए ? भन्ने बारेमा सम्भावित कारणको भविष्यवाणी बुँदागत रुपमा गरेका छन् ।

उनले लेखेका छन्, ‘जिम्मेवार पद र स्थानमा रहेको व्यक्तिका सार्वजनिक अभिव्यक्तिमा शब्द, वाक्य र शैली पदीय र सामाजिक दायित्व तथा मर्यादा अनुरूप हुनुपर्ने सर्वमान्य कुरा हो । तर यस्तो सीमा उल्लङ्घन गर्दै प्रमं केपी यही असार १४ गते आक्रोशपूर्ण रूपमा किन प्रस्तुत हुनुभयो ? सम्भावित कारण यस्ता छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !