१५ बैशाख २०८१, शनिबार

चाक्सीबारीमा आज ‘लञ्च मिटिङ’ : प्रकाशमान निवासमा विमलेन्द्र र शशांक


प्रकाशमान, विमलेन्द्र र शशांक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आगामी भदौ महिनामा हुने १४ औं महाधिवेशनवाट वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प खोज्न काँग्रेस नेताहरुमा ‘लञ्च मिटिङ’ लहर बढेको छ ।

यसैवीच नेपाली कांग्रेसको आगामी महाधिवेशनमा केन्द्रित रहेर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज मंगलबार फेरि लञ्च मिटिङ भएको हो ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरू भेटघाट र छलफलको दौडधुप बढेको बेला गणेशमान सिंह पुत्र प्रकाशमान निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल भएको हो ।

यी ३ जना नेताहरु निधि, कोइराला र सिंहबीच असार ७ गते सोमबार निधि निवास मध्य बानेश्वरमा ‘लञ्च मिटिङ’ भएको थियो । पारिवारिक राजनीतिक पृष्ठभूमि भएका कांग्रेसका संस्थापक वीपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र तीनै जना सभापतिका आकांक्षीवीच काँग्रेस सभापति देउवालाई चुनौती दिन भएको लञ्च मिटिङले काँग्रेसमा पहिलोपटक नयाँ तरंग आएको थियो ।

यस्तै असार ११ गते शुक्रबार निधि, कोइराला र सिंहवीच महामन्त्री कोइराला निवास महाराजगञ्जमा दोस्रो ‘लञ्च मिटिङ’ भएको थियो । कांग्रेसको महाधिवेशन नजिकिएसँगै तीन नेताहरू निधि, कोइराला र सिंहबीच निरन्तर लञ्च मिटिङ भईरहेको छ ।

कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएर महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाटले तीव्रता पाउँदै गएको हो ।

कांग्रेसभित्र नयाँ धार निर्माणका लागि प्रयास गरिरहेका उनीहरूबीच महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा हुन लागेको हो ।

यो पनि पढ्नुहोस्

कांग्रेस सभापतिमा लड्ने यतिठुलो रणनीति बनाउदै सुजाता, पौडेल र सिटौलाले साथ दिने बाचा

काँग्रेसमा ‘लञ्च मिटिङ’ को लहर : सुजाताको निवासमा रामचन्द्र र सिटौला

देउवालाई अर्को झड्का: सुजाता निवासमा पौडेल, सिटौला, भयो यस्तो सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !