१९ बैशाख २०८१, बुधबार

देउवा ‘प्रचण्ड पथ’मा हिंडेको देख्ने ओली आफूचाहि ‘राजेन्द्र महतो पथ’मा हिंडे : नेता गुरुङ


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुद्दा मिल्दा कांग्रेसलाई ‘प्रचण्ड पथ’मा हिंडेको देख्ने प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई “राजेन्द्र महतो पथ”मा हिंडेको भन्न पाइने हो कि नाई ? भनेर प्रतिप्रश्न समेत गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै हिजो एमाले तत्कालीन महासचिव समेत रहेका जननेता स्वर्गीय मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस ‘प्रचण्ड पथ’मा हिंडेको आरोप लगाएपछि ओलीलाई जवाफ दिंदै गुरुङको यस्तो प्रतिक्रिया आएको हो ।

उनले लेखेका छन्, ‘प्रचण्डसँग कांग्रेसको मुद्दा मिल्दा कांग्रेसलाई प्रचण्ड पथमा हिंडेको देख्ने तपाईंलाई “राजेन्द्र महतो पथ”मा हिंडेको भन्न पाइने हो कि नाई ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !