१४ बैशाख २०८१, शुक्रबार

जसपालाई गण्डकीमा पनि चिट्ठा पर्यो : दुवै जना सांसदले पाए २ मन्त्रालय


हरिशरण आचार्य र धनमाया पोखरेल लामा

पोखरा । २० जना मात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले केपी शर्मा ओली सरकारमा चिट्ठा परेर ११ वटा मन्त्रालय पाएको छ । यसैगरी गण्डकी प्रदेश सभामा २ जना मात्र सांसद रहेको जसपाको उपेन्द्र यादव पक्षलाई २ मन्त्रालय दिने सहमतिमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले हस्ताक्षर गरेका छन् ।

विश्वासको मत लिने दिन शुक्रवार मुख्यमन्त्री पोखरेलले जसपालाई अर्थ सहित २ मन्त्रालय दिने सहमति गरेका हुन् । सहमति पत्रमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पोखरेल र जसपाका हरिशरण आचार्यले हस्ताक्षर गरेका छन् ।

सहमति भएअनुसार दुई मन्त्रालय दिन आनाकानी गरेको भन्दै जसपाले सहमतिबाट पछि नहट्न मुख्यमन्त्रीलाई दवाव दिएको छ । मुख्यमन्त्री पोखरेलले शुक्रवार नै विश्वासको मत लिइसकेका छन् ।

गण्डकी प्रदेशमा रहेका जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् भने धनमाया पोखरेल लामा मन्त्री बन्न बाँकी छ । यद्यपि गण्डकी प्रदेशमा दलहरुबीच भागवण्डा मिल्न नसक्दा मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !