१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसद्वारा पूर्वसांसद कृष्णसिंह परियारको निधनप्रति दुःख व्यक्त


कृष्णसिंह परियार

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद कृष्णसिंह परियारको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको ६८ वर्षका उमेरमा आज बिहान निधन भएको हो ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत उनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेकी छन् ।

लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका परियार विसं २०४८ मा कांग्रेसका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टीका विभिन्न तहमा रहेर सङ्गठन विस्तार तथा सुदृढीकरणमा सदैव क्रियाशील नेता परियारको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !