२५ बैशाख २०८१, मंगलबार

एक्कासी माओवादी केन्द्र किन पुग्यो निर्वाचन आयोग ?


निर्वाचन आयोग File Photo

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले प्रवेश गरेका माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेपनि आयोगले पदमुक्त नगरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको एक नेताले बताए । बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेपनि अहिलेसम्म आयोगले सूचना जारी नगरेको भन्दै आयोगलाई ध्यानाकर्षण गराएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !