१५ बैशाख २०८१, शनिबार

गगन थापाले गरे गृहमन्त्री खगराज अधिकारीलाई ध्यानाकर्षण


गगन थापा फाइल फोटो

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्वतयारी नगर्दा कोरोना महामारीले ठुलो क्षति गरिरहेको बताएका छन् । युवा नेता थापाले विपद्लाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले यस मनसुनमा वाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेको बताएका छन् । युवा नेता थापाले अत: क्षति न्यून गर्न पूर्व सावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न गृहमन्त्री अधिकारीलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले लेखेका छन्, “पूर्वतयारी नगर्दा कोरोना महामारीले ठुलो क्षति गरिरहेको छ।विपदलाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ।यस मनसुनमा वाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन।अत क्षति न्यूनगर्न पूर्व सावधानी,खोज,उद्धार र सुरक्षाकालागि अविलम्ब तयारी गर्न @khagarajAdhika7को ध्यानाकर्षण गराउछु।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !