५ जेष्ठ २०८१, शनिबार

प्रतिक्रान्तिकारीहरू सत्तामा, क्रान्तिकारीहरू सडकमा : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिक्रान्तिकारीहरू सत्तामा र क्रान्तिकारीहरू सडकमा, दलालहरू हिरो, देशभक्तहरू भिलियन भएको तीतो यथार्थ व्यक्त गरेका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमा आज बिहान लेख्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिक्रान्तिकारीहरू उपनाम दिएका छन् भने विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चालाई क्रान्तिकारीहरू भएको बताएका हुन् ।

उनले आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै अर्को पुस्ता लड्न नपरोस् भन्दै सावधान समेत गराएका छन् ।

उनले लेखेका छन्, ‘आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।तर विडम्बना:प्रतिक्रान्तिकारीहरू सत्तामा; क्रान्तिकारीहरू सडकमा ! दलालहरू हिरो;देशभक्तहरू भिलियन !सावधान:अर्को पुस्ता लड्न नपरोस् !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !