२१ बैशाख २०८१, शुक्रबार

जसपावारे निर्वाचन आयोगको निर्णय : कारबाही कानुनसम्मत देखिएन, दुवै अध्यक्ष यथावत् रहने


महन्थ ठाकुर र उपेन्द्र यादव संयुक्त विज्ञप्ति

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुबै पक्षको कारबाही कानुन अनुसार नभएको बताएको छ । आज आइतबार बसेको आयोगको बैठकले दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ र पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ ।

जसपाका दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर निर्वाचन आयोगले आइतबार फैसला सुनाएको हो ।

निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।

अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई र यादव पक्षले महन्थसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कारबाही गरेपछि जसपाको विवाद निर्वाचन आयोगसम्म पुगेको थियो ।
जसपावारे निर्वाचन आयोगको निर्णय : कारबाही कानुनसम्मत देखिएन, दुवै अध्यक्ष यथावत् रहने जसपावारे निर्वाचन आयोगको निर्णय : कारबाही कानुनसम्मत देखिएन, दुवै अध्यक्ष यथावत् रहने जसपावारे निर्वाचन आयोगको निर्णय : कारबाही कानुनसम्मत देखिएन, दुवै अध्यक्ष यथावत् रहने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !