१४ बैशाख २०८१, शुक्रबार

राजेन्द्र महतोको कारण यसअघि नाम काटिएका राजकिशोर यादव उद्योगमन्त्री बन्दै


राजकिशोर यादव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार मन्त्रीहरुको आजै सपथग्रहण हुने प्रवल सम्भावना रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरेका राजकिशोर यादव मन्त्री बन्ने भएका छन् । उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यसअघि जसपाका अध्यक्ष ठाकुरले ८ जना मन्त्रीको नाम पठाउँदा उनको चर्चा भएतापनि अन्तिममा उनको नाम एकाएक हटाइएको थियो । जसपाका एक नेताका अनुसार राजेन्द्र महतोले यादवले उपेन्द्र यादवलाई सहयोग गरिरहेको आरोप लगाउँदै उनको नाम काट्न लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु