१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यमन्त्री तामाङको १४ ठाउँमा जग्गा, यस्तो छ सम्पत्ति विवरण


शेरबहादुर तामाङ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण विस्तृतमा सार्वजनिक गरेका छन् । उनले आफ्नो सम्पत्ति विवरण अनलाइन माध्यमबाट सार्वजनिक गर्दै काठमाडौंसहित देशका विभिन्‍न १४ ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन् ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा जानकारी दिएका छन् ।

मन्त्री भएकै भोलिपल्ट पत्रकार सम्मेलन गरेर केही दिनमा सम्पति विवरण सार्वजनिक बताएका तामाङकी श्रीमती प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

यस्तो छ स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !