४ जेष्ठ २०८१, शुक्रबार

वैदेशिक नीतिलाई पार्टीको नभई देशको बनाउनुपर्छ : उपेन्द्र यादव


upendra

२२ फागुन, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार संसदमा विशेष सम्बोधन गर्दै वैदेशिक नीतिलाई पार्टीको नीति नभई देशको नीति बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘देशमा अहिले पनि जुन पार्टीको सरकार अयो त्यही पार्टीको वैदेशिक नीति बन्ने गर्छ । अब नेपालकै परराष्ट्र नीति बनाउनुपर्छ । जुन अहिलेसम्म नेपालमा छैन । वैदेशिक सम्बन्धलाई राष्ट्रिय नीतिमै तय गरौँ । राष्ट्रहितमा कुरा हुनुपर्छ ।’

‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालगायतका विषय यहाँ राम्रो छ तर, गम्भीर खालका त्रुटि पनि धेरै छन् । नेपालमा सामाजिक र सांकृतिक संरचना र विविधता छ । ती समुदायको दृष्टिकोणवाट हेर्दा केही गम्भीर त्रुटि छन्’ ,उनले भने,’संविधानमा रहेका कमीकमजोरी र त्रुटिलाई सच्याएर सबै समुदायले स्वामित्व गर्ने र गर्व गर्ने अवस्थासम्म पुर्याउनुपर्छ ।

मेरो संविधान हो भनेर गौरव गर्ने अवस्थामा पुर्याउनुपर्छ ।’ उनले विकासको राष्ट्रिय नीति बनाउनुपर्ने बताए । नेपालमा राष्ट्रिय सुरक्षा नीतिमा धेरै कमजोरी रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !