१९ बैशाख २०८१, बुधबार

काङ्ग्रेस सरकारमा सहभागी भएपछि डा. भट्टराईले दिए कडा प्रतिक्रिया


डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भइरहेको बताएका छन् ।

“खबरदार,नझुक्किऊॅ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न!विष गुलियोमा मिसाएरै ख्वाइन्छ! पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको वेहाल सम्झौं!” डा. भट्टराईले भनेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।खबरदार,नझुक्किऊॅ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न!विष गुलियोमा मिसाएरै ख्वाइन्छ! पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको वेहाल सम्झौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !