१४ बैशाख २०८१, शुक्रबार

सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो : प्रधानन्यायाधीश राणा


Cholendra

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस गर्ने अधिवक्ताले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् । सरकार पक्षका अधिवक्ता परशुराम कोइरालाले बहस गर्दैगर्दा प्रधानन्यायाधीश राणाले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओली निकट अधिवक्ता राजाराम घिमिरेले सर्वोच्च अदालतका ११ जना न्यायाधीशले संसद विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै जिकिर गरेर पुरक निवेदन दिएपछि प्रधान न्यायाधीशले सो कुरा बताएका हुन् ।

सरकारका पक्षबाट अधिवक्ता पर्शुराम कोइरालाले जेठ १४ को इजलास भत्काउने न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईलाई राख्न नहुने जिकिर गरेपछि प्रधानन्यायाधीशले भने– ‘सबै कुरा कानुन बमोजिम हुने हो ।’ उनले भने, ‘कुनै पनि न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्‍नु कसुर हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !