२१ बैशाख २०८१, शुक्रबार

बाबुरामको यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परीषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? भनेर यक्ष प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै उनले अन्ध राष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? भनेर प्रधानमन्त्री केपी शर्मा ओली र जसपका अध्यक्ष महन्थ ठाकुरप्रति कटाक्ष गरेका हुन् ।

साथै उनले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ? भनेर प्रशं समेत गरेका छन् । जसपाको महन्थ ठाकुर पक्ष हिजो शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. भट्टराईले यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

उनले लेखेका छन्, ‘यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो ?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !