२५ बैशाख २०८१, मंगलबार

शेरबहादुर तामाङ बने ओली सरकारका पाँचौ स्वास्थ्यमन्त्री


शेरबहादुर तामाङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षका १० जनालाई मन्त्रीमा सहभागी गराएसंगै व्यापक रुपमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

मन्त्रिपरिषद् हेरफेर गर्दा तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको हो । तामाङले ओली प्रधानमन्त्री भएलगत्तै कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले राजीनामा दिएका थिए ।

ओली प्रधानमन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने तामाङ पाँचौ मन्त्री हुन् । यसअघि पद्माकुमारी अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल र हृदयश त्रिपाठी स्वास्थ्यमन्त्री भईसकेका छन् ।

आफूभन्दा जुनियर नेता उपप्रधानमन्त्री बनाएको भन्दै निवर्तमान स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेपछि तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् । बालुवाटार स्रोतका अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्री हुने भएपछि त्रिपाठीले आफूलाई मन्त्री पदमा निरन्तरता नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !