४ जेष्ठ २०८१, शुक्रबार

यस्तो बन्यो ओली नेतृत्वको सरकारको नयाँ मन्त्रिमण्डल


मन्त्रीहरुले शितल निवासमा शपथ

काठमाडौँ । जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् व्यापक रुपमा हेरफेर गरेका छन् । नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका हाल मन्त्रिपरिषद्मा रहेका ४ मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र रक्षासहित ७ मन्त्रालय तत्कालको लागि आफैले राख्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राख्ने भएका हुन् ।

मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहनेछन् ।

स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ लिनेछन् । जसपाबाट महतोसहित ८ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रुपमा मन्त्रिपरिषद् पुनर्गठन गरी आज विस्तार हुने मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ ।

यस्तो बन्ने भयो ओली नेतृत्वको सरकारको नयाँ मन्त्रिमण्डल

१. केपी शर्मा ओली – प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री
२. राजेन्द्र महतो – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री
३. विष्णु पौडेल – उपप्रधानमन्त्री एवं अर्थमन्त्री
४. रघुवीर महासेठ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री
५. बसन्त नेम्वाङ – भौतिक पूर्वाधारमन्त्री
६. कृष्णगोपाल श्रेष्ठ – शिक्षामन्त्री
७. लीलानाथ श्रेष्ठ – कानूनमन्त्री
८. शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
९. शरदसिंह भण्डारी – ऊर्जा तथा जलस्रोत मन्त्री
१०. अनिल झा – खानेपानी तथा सरसफाई मन्त्री
११. लक्ष्मणलाल कर्ण – भूमि व्यवस्था तथा सहकारी मन्त्री
१२. बिमल श्रीवास्तव – श्रम तथा रोजगार मन्त्री
१३. उमाशंकर अरगरिया – वन तथा वातावरण मन्त्री
१४. चन्दा चौधरी – महिला तथा बालबालिका मन्त्री
१५. एकबाल मियां – युवा तथा खेलकूद मन्त्री
१६. चन्द्रकान्त चौधरी – ऊर्जा राज्यमन्त्री
१७. रेणुका गुरुङ – महिला, बालबालिका राज्यमन्त्री

यस्तो बनेको छ ओली नेतृत्वको सरकारको नयाँ मन्त्रिमण्डल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !