२२ बैशाख २०८१, शनिबार

भावुक हुँदै डा. बाबुराम भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व सांसद बिष्णुबहादुर तामांग (बि एल वाइवा)को कोरोनाबाट निधनको खबरले स्तब्ध भएको बताएका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सिराहाका जुझारू किसान-मजदूर नेताका रूपमा स्थापित उनको सादा जीवन र उच्च विचारबाट हामीले सदैव प्रेरणा लिइरहने बताएका छन् ।

डा. भट्टराईले सामाजिक संजालमा लेखेका छन्, “पूर्व सांसद तथा असल मित्र बिष्णुबहादुर तामांग (बि एल वाइवा) को कोरोनाबाट निधनको खबरले स्तब्ध छु । सिराहाका जुझारू किसान-मजदूर नेताका रूपमा स्थापित वहाॅको सादा जीवन र उच्च विचारबाट हामीले सदैव प्रेरणा लिइरहनेछौं। हार्दिक श्रद्धन्जली! परिवारजनमा गहीरो समवेदना!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !