१२ जेष्ठ २०८१, शनिबार

मुख्यमन्त्री पोखरेलको ३ महानगर बनाउने योजना


shankar

२१ फागुन, बुटवल । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्र ३ वटा महानगरपालिका बनाउने योजना रहेको बताएका छन् ।

सोमबार भएको बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभाको विधान सभामा उनले बुटवल र भैरहवा जोडेर एउटा, दाङ उपत्यकाका उपमहानगर तथा नगरपालिका समेटेर अर्को र नेपालगञ्ज, कोहलपुर बर्दियासहितको अर्को महानगरपालिका बनाउने योजना बनाएको बताएका हुन् ।

बुटवललाई हरियालीसहितको अनुसन्धान केन्द्र, अध्ययन पार्कहरु र उत्पादनका क्षेत्रसहितको व्यवस्थित महानगरका रुपमा विकास गर्ने उनको भनाइ छ । ‘

नगरसभामा मुख्यमन्त्री पोखरेलले बुटवललाई अस्थायीवाट स्थायी राजधानी बनाउने सम्बन्धमा भने केही बोलेनन् ।

उप-महानगरपालिकाको फागुन १० गते बिहीवारबाट सुरु भएको दोस्रो नगरसभा तथा प्रथम विधान सभामा विभिन्न ९ वटा विधेयकहरु प्रस्तुत भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !