२४ बैशाख २०८१, सोमबार

बाबुरामले गरे दरवार हत्याकाण्डको सत्यतथ्य छानविन गर्न सरकारसँग माग


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० बर्ष भई सक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्र निम्ति शोभनीय नभएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोप प्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्र निम्ति शोभनीय हैन । राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गरौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !