२२ बैशाख २०८१, शनिबार

देउवा र प्रचण्डलाई शान्ता चौधरीले दिइन् यस्तो धम्की


शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले अन्तरसंघर्ष जब उत्कर्षमा पुग्ने, स्वभाविक रुपले हामी पक्ष र विपक्षमा बहस गर्न थाल्ने बताएकी छन्। चौधरीले हाम्रा बर्ग दुस्मनहरुलाई हाम्रो सुदृढ एकताले मात्रै पछार्न सकिने बताएकी छन् ।

चौधरीले नेकपा (एमाले) एकताबद्ध हुँदा ढलाउन सक्ने कुनै तागत नभएको बताएकी छन् । उनले अवसर त आज कसैले पाए होलान भोलि अर्कोले पाउलान तर आन्दोलन जोगियो भने पार्टी बलियो भयो भने जित सबैको हुने बताएकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छन्, “अन्तरसंघर्ष जब उत्कर्षमा पुग्छ स्वभाविक रुपले हामी पक्ष र विपक्षमा बहस गर्न थाल्छौं । त्यो हाम्रो रहर होइन , रहर त मिलन नै हो । हाम्रा बर्ग दुस्मनहरुलाई हाम्रो सुदृढ एकताले मात्रै पछार्न सकिन्छ । नेकपा ( एमाले ) एकताबद्ध हुँदा कुनै तागत छैन हामीलाइ ढलाउन सक्ने । अवसर त आज कसैले पाए होलान भोलि अर्कोले पाउलान तर आन्दोलन जोगियो भने , पार्टी बलियो भयो भने जित सबैको हुन्छ । त्यसैले मिलौं कमरेडहरु मिलौं , एकतामा बल छ । त्यसैमा पार्टी, देश र जनताको उज्ज्वल भविष्य छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !