५ जेष्ठ २०८१, शनिबार

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने


trilochan

२१ फागुन, डोटी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८(४) अनुसार दुई वा दुईभन्दा बढी दलहरुको सहमतिमा नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेशसभावाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार भट्टले विश्वासकाे मत लिन लागेका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार, बैठक अहिले दिउँसो २ बजे बस्नेछ । माओवादी पोलिटब्यूरो सदस्यसमेत रहेका भट्ट गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !