२० बैशाख २०८१, बिहिबार

खोपका लागि राष्ट्रपतिको सक्रियताले सार्थक परिणाम आऊँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न : योगेश भट्टराई


योगेश भट्टराई

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले सार्थक परिणाम आऊँछ भने त्यसलाई अन्यथा मान्नु नहुने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले राजनीतिक बिषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको बताएका छन् ।

यस्तै उनले सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आऊँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न भन्दै खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने की ? भनेर आफ्नो धारणा व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !