२० बैशाख २०८१, बिहिबार

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु


matadan

२१ फागुन, काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान सुरु भएको छ । बिहान १० बजेदेखि १ बजेसम्म हुने चुनावका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ ।

सभापति देउवाले सर्वसम्मतरुपमा संसदीय दलको नेतामा दोहोरिने इच्छा देखाए पनि रामचन्द्र पौडेल समूहवाट पूर्वमहामन्त्री सिंहले पनि उम्मेदवारी दर्ता गराउनु भएको हो ।

बहुमत सांसद देउवा पक्षमा भएकाले उनी नै संसदीय दलको नेता निर्वाचित हुने पक्का छ । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् ।

सर्वसम्मत हुन नदिन सिंहलाई अघि सारेको हो ।

मतदान लगत्तै मतगणना शुरु हुने  र अपरान्ह संघीय संसद बैठक बस्नुअघि नै दलको नेता निर्वाचित भएको घोषणा गरिने निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठकाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !