२१ बैशाख २०८१, शुक्रबार

उपनिर्वाचनमा खड्का पराजित भएपछि माधव नेपाललाई चौधरीले गरिन् यतिसम्मको गाली


शान्ता चौधरी

नेकपा एमालेकी नेत्री शान्ता चौधरीले लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएपछि आपत्ति जनाएकी छन्।

पाण्डेले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाउदै उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएपछि उनले आपत्ति जनाएकी हुन्।

उनले रुखमा छाप लगाई हाल्नु भयो अब त चार तारे झण्डा बोक्नुहोस कमरेड भन्दै आग्रह गरेकी छन्। चौधरीले दशकौंदेखि कम्युनिष्ट आन्दोलनमा विताएको राजनीतिक यात्रा राजनीतिक जीवनको उत्तरार्धमा कांग्रेसमा विलय भएको देख्दा खुशी त के लाग्नु , तपाईंको इतिहास पढ्नेले तपाईंलाई के भन्लान त्यस अर्थमा दु:ख लागेको बताएकी छन् ।

उनले लेखेकी छन्, “यस्तो देख्ने दिन पनि आउँदो रहेछ ।रुखमा छाप लगाई हाल्नु भयो अब त चार तारे झण्डा बोक्नुहोस कमरेड , के बाँकी भयो र ! दशकौंदेखि कम्युनिष्ट आन्दोलनमा विताएको राजनीतिक यात्रा राजनीतिक जीवनको उत्तरार्धमा कांग्रेसमा विलय भएको देख्दा खुशी त के लाग्नु , तपाईंको इतिहास पढ्नेले तपाईंलाई के भन्लान त्यस अर्थमा दु:ख लाग्यो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !