२२ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा खाेप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र


विद्यादेवी भण्डारी र एलिजावेथ द्वितीय

काठमाडाैं । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन् ।

राष्ट्रपति भण्डारीले रानीलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ ।

बेलायतले गत साता नेपाल सरकारको अनुरोधबमोजिम २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा १९ हजार २०० फेस सिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।

काेभिड खाेपका लागि राष्ट्रपति भण्डारीले कुटनीतिक पहल गरिरहेकी छन् । उनले यसअघि चीनका राष्ट्रपति सी चिनफिङ, भारतीय राष्ट्रपति रामनाथ काेविन्द, अमेरिकी राष्ट्रपति जाे बाइडेनलाई खाेपका लागि अनुराेध गरिसकेकी छन् । चीनले १० लाख डाेज भेराेसेल खाेप अनुदान स्वरुप दिने घाेषणा गरिसकेकाे छ ।

राष्ट्रपति भण्डारीद्वारा खाेप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !