२१ बैशाख २०८१, शुक्रबार

ओली-ठाकुर सत्ता सहकार्य मोलमोलाई : आज मन्त्रालय र संख्या टुंगो लाग्ने

ओली ५ मन्त्री र २ राज्यमन्त्री दिन तयार : ठाकुरले मागे ८ मन्त्री र २ राज्य मन्त्री


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोवीच सत्ता सहकार्यको टुंगो लगाउन बालुवाटारमा मोलमोलाई जारी रहेको छ ।

बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी जारी रहेको बताइएको छ । ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् ।

प्रधानमन्त्री अ‍ोलीले जसपालाई पाँच मन्त्री र दुई राज्यमन्त्री दिन तयार भएका छन् भने जसपा ठाकुर पक्षले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको छ । जसपाले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रित हुने बुझिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !