१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई भीम रावलले गरे यतिसम्मको अपमान


केपी शर्मा ओली र भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गरेको आरोप लगाएका छन् ।

रावलले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ।हो, पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !