२२ बैशाख २०८१, शनिबार

राष्टपति भण्डारीद्वारा रुसी राष्ट्रपति पुटिनलाई खोप खरिदमा सहजीकरण गरिदिन पत्राचार


विद्यादेवी भण्डारी र भ्लादिभिर पुटिन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी समकक्षी राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग राष्ट्रपतिको टेलिफोन कुराकानी गरेर खोप सहयोग गर्न गरेको आग्रहलगत्तै चीनले १० लाख डोज खोप उपलब्ध गराएको छ भने उनले भारतीय र अमेरिकी राष्ट्रपतिलाई पनि पत्र पठाएर खोप सहयोग गर्न आग्रह गरिसकेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु