२२ बैशाख २०८१, शनिबार

मन्त्रिपरिषद् बैठक बस्दै : बजेट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज शुक्रबार बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आजै शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

जेठ १५ गते सं‌सदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार गत ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी गरेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार १६ खर्ब आसपासमा आउन लागेको बजेटमा अधिकांश कार्यक्रम कोभिड-१९ नियन्त्रण, रोकथाम केन्द्रित हुने बताएतापनि पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी गरेको छ ।

संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !