२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको स्पष्टोक्ति : प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको होइन


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराबीच भेटघाट नभएको प्रष्ट पारेको छ ।

सर्वोच्चले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा हिजो सोमबार राती बालुवाटारमा प्रधानमन्त्री र प्रधानन्यायाधीश छलफल भएको भन्ने समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै सो विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरि अतिरञ्जित तथा दुराशायुक्त भावनाबाट समाचार प्रकाशन हुनु दुःखद र खेदजन्य विषय भएको उल्लेख छ ।

‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन गर्नु दुःखद अवस्था हो ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

अदालतले त्यस्ता समाचारको भ्रममा नपर्न समेत अनुरोध गर्नुका साथै न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गरेको छ ।

अदालतमा दर्ता हुन आएका विवादलाई लिएर न्याय सम्पादनलाई प्रतिकुल असर पार्न यस्तो समाचार आएको भन्दै सर्वोच्चले यस्ता क्रियाकलापलाई ‘कानूनी दायरामा ल्याउने’ चेतावनी दिएको छ । सर्वोच्चले यस्ता हल्लाले न्यायपालिकाको स्वच्छता, आस्था विश्वासमा प्रतिकुल प्रभाव पार्ने भन्दै आपत्ति जनाएको हो ।

 

सर्वोच्चको स्पष्टोक्ति : प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको होइन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !