१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाएको डा. भट्टराईको खुलासा


डा. बाबुराम भट्टराई फाइल फोटो

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटक-पटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् ।

भट्टराईले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद भएको र त्यो नियम/नजीर बन्न नसक्ने बताएका छन् । उनले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् भन्दै कामना गरेका छन्।

सामाजिक संजालमा लेखेका छन्, “प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !