५ जेष्ठ २०८१, शनिबार

संसद विघटनविरुद्ध रिट दायरमा डा. बाबुराम भट्टराई अनुपस्थित


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा अनुपस्थित भएका छन् । भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत आफू सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन् ।

स्वास्थ्यस्थितिका कारण भट्टराई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहितको रिट दायरमा अनुपस्थित भएका हुन् ।

उनले लेखेका छन्, “स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुॅदै ओली-विद्या प्रतिक्रान्ति विरूद्धको कानूनी तथा राजनीतिक लडाइॅमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल,नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपील गर्दछु।यो वारपारको लडाइॅ हो;खुट्टा नकपाऊॅ!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !