१४ बैशाख २०८१, शुक्रबार

रामकुमारी झाँक्रीले लेखिन् मार्मिक स्टाटस


रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले आफ्नो र आमाको जन्मदिनको एकैदिन भएको बताएकी छन्। झाँक्रीले हामीलाई बिभिन्न माध्यमबाट शुभकामना, शुभेच्छा प्रकट गर्नुहुने आदरणीय अग्रज, मान्यजन, संगी, हितैषि, प्रियजन र सम्पूर्ण साथिहरूमा हृदयको गहिराइदेखि आमा र आफ्नो तर्फबाट हार्दिक धन्यवाद र आभार ब्यक्त गरेकी छन्।

सामाजिक संजाल फेसबुकमा झाँक्रीले लेखेकी छन्, “एउटा मिठो संयोग। एउटै दिन मेरी आमा र मेरो जन्मदिन। हामीलाई बिभिन्न माध्यमबाट शुभकामना, शुभेच्छा प्रकट गर्नुहुने आदरणीय अग्रज, मान्यजन, संगी, हितैषि, प्रियजन र सम्पूर्ण साथिहरूमा हृदयको गहिराइ देखि मेरी आमा र मेरो तर्फबाट हार्दिक धन्यवाद र आभार ब्यक्त गर्दछु।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !