४ जेष्ठ २०८१, शुक्रबार

बिपक्षी गठबन्धनलाई ठूलो धक्का : महन्थ ठाकुर प्रधानमन्त्री नबन्ने फेरि तटस्थ बस्ने


महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर प्रधानमन्त्री नबनी फेरि नयाँ सरकार गठनमा तटस्थ बस्ने भएसंगै बिपक्षी गठबन्धनलाई ठूलो धक्का लागेको छ । यससँगै बिपक्षी गठबन्धनले बैकल्पिक सरकार बनाउने सम्भावना न्यून भएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । तर यसवारे ठाकुरले कुनै जवाफ नदिएकोले उनको जवाफको प्रतीक्षा गरिरहेका छन् ।

उनीहरुले प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाउदै जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधव नेपाल समूहले पनि सघाउने गरी कुराकानी अगाडि बढेको अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताएका छन् ।

जसपा नेपालका एक कार्यकारिणी सदस्यका अनुसार महन्थ ठाकुर प्रधानमन्त्री हुन तयार नभए माधव नेपाललाई पनि प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सकिने विषयमा पनि छलफल भइरहेको छ । माधव नेपाल र डा. बाबुराम भट्टराईबीच फोनमा कुराकानी भएको थियो भने उपेन्द्र यादव र माधव नेपालबीच प्रत्यक्ष भेटघाट भएको ती नेताले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

तर संसदको बहुमतमा निर्णायक मानिएको जसपाको ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको ।

आफूहरुको माग सम्बोधन गरिररहेकाले प्रधानमन्त्री ओलीको विपक्षमा जान नसक्ने उनले बताए । प्रतिनिधिसभा भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !