२१ बैशाख २०८१, शुक्रबार

संविधानको धारा ७६ (५) बाटै निकास दिउँ : बाबुराम भट्टराई

बाबुराम भन्छन्, 'राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई चुनावको अंध्यारो सुरूंगमा धकेले'


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रले संविधानमाथिको आक्रमणको शृंखला नरोकिएको आरोप लगाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित वा परास्त गर्न सबैले दलीय, निजी स्वार्थ त्यागेर जोजेमा सहमति गरेर धारा ७६ (५) बाटै निकास दिन सवै बिपक्षी दललाई आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !