२० बैशाख २०८१, बिहिबार

राष्ट्रपतिले दिइन् वैकल्पिक सरकार गठनका लागि शुक्रबार ५ बजेसम्म म्याद

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि दावी प्रस्तुत गर्न आह्वान


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न भोलि शुक्रबार साँझ ५ बजेसम्मको लागि म्याद तोकेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने र वैकल्पिक नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्दै भोलि ५ बजेसम्म २१ घण्टाको म्याद दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/०२/०६ मा निर्णय भउको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया आरम्भ हुन सम्मानीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधि भामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नु भएको छ ।’
राष्ट्रपतिले दिइन् वैकल्पिक सरकार गठनका लागि शुक्रबार ५ बजेसम्म म्याद


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !